राष्ट्रिय खेलकुद परिषद्मा प्रयाप्त मात्रामा इन्जिनियर छैनन् : मन्त्री चौधरी

२०८१ पुष २४ गते बुधवार
सारांश
  • बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रयाप्त मात्रामा धेरै इन्जिनियरहरु नरहेको बताएका हुन् ।

काठमाडौं :   युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालय अन्र्तगत प्राविधिक इन्जिनियरहरु नरहेको बताएका छन् ।


बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रयाप्त मात्रामा धेरै इन्जिनियरहरु नरहेको बताएका हुन् ।


उनले भने, ‘हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्र्तगत प्राविधिक इन्जिनियरहरु प्रयाप्त मात्रामा छैनन् । हाम्रो राष्ट्रिय खेलकुद परिषद्मा समेत इन्जिनियरहरु छैनन् । करारमा लिएर काम सञ्चालन गरिरहेका छौं । करारमा ल्याए पनि इन्जिनियरहरुको ठूलो कमी महशुस भएको छ ।’


यसैगरी उनले नेपाली खेलकुद क्षेत्र अगाडि बढिरहेको बताए । उनले नेपाल किक्रेटले आफ्नो लयलाई अगाडि लादैँ गर्दा आर्थिक आर्जन राम्रोसँग गर्न सकिरहेको बताए ।


उनले भने , ‘खेलकुद अहिले निकै नै अगाडि बढिरहेको छ । जुन किसिमको नेपालमा किक्रेटले आफ्नो राम्रो लयलाई अगाडि बढाएर आर्थिक आर्जन गरिरहेको छ । यसरी नै  खेल क्षेत्रले आर्थिक क्षेत्रमा विकास गर्न सक्छ । पर्यटनका क्षेत्रमा विकास गर्न सक्छ । खेलकुद खेलेर पनि बाच्न सकिन्छ यस्ता कुराहरु अगाडि बढीरहेका छन् ।’

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार